Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज जेठ १७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल जेठ १७ गते बुधबारको राशिफल ।

मेष

नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय भने निकाल्न सकिँदैन ।

सिंह

आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ ।

तुला

चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

धनु

आज गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । शुभ तथा नयाँ कार्यको योजना बन्नेछ । प्रेम सम्बन्ध पनि राम्रो हुनेछ ।

कुम्भ

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष

विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफन्तले सहयोग गर्नेछन् ।

कर्कट

आज धर्म, कर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । नयाँ कामको थालनी हुनेछ ।

कन्या

धार्मिक आस्था बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

बृश्चिक

आज नयाँ कार्यको सफल योजना बन्नेछ । आर्थिक लाभ तथा धनार्जन पनि हुनेछ, तर कुनै समाचारले मन भने बिथोल्न सक्छ ।

मकर

नयाँ कार्य, रोजगार वा नयाँ कामको अवसर मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजारको लगानीले पनि राम्रै हुनेछ ।

मीन

रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077