Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठग्ने पाख्रिन प्रहरीको फन्दामा

    फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठग्ने पाख्रिन प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दोलखा बैतेश्वर नगरपालिका-३ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन पक्राउ परेका हुन् ।



    उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै प्रत्येक व्यक्ति १७ लाख रुपैयाँ लाग्ने र पुगेपछि मासिक एक लाख तलब हुने विश्वास दिलाएका थिए ।



    त्यसरी पटकपटक गरी पीडितहरूबाट ४० लाख लिएर सम्पर्कबिहीन भएका पाख्रिनलाई मंगलबार ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान गर्न वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार