Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको नक्सामा नेपालका स्थान समावेश गर्नु आपत्तिजनक, प्रमले स्वीकार्न सकिँदैन भन्नैपर्छ : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले भारतको नयाँ संसद् भवनमा राखिएको र सांस्कृतिक भनेर प्रचार गरिएको नक्सामा नेपालका ऐतिहासिक स्थान समावेश गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

मंगलवार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणमा यो स्वीकार्न सक्दैन भन्नुपर्ने बताए ।

‘भारतको नयाँ संसद् भवनमा राखिएको र सांस्कृतिक भनेर प्रचार गरिएको नक्शामा नेपालका ऐतिहासिक स्थान समावेश गर्नु आपत्तिजनक कुरा हो । हामीले विशाल नेपालका त्यस्तै स्थान समेटेर उस्तै कार्य गरे भारतको प्रतिक्रिया कस्तो हुन्थ्यो होला ? प्रमको भारत भ्रमणमा नेपालले यो स्वीकार्न सक्दैन भन्नैपर्छ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077