विराटनगर । कोशी सरकारले नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गरेको छ ।
नामकरणविरुद्धको आन्दोलनले उग्ररूप लिन थालेपछि मंगलबार सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् ।
शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई सुदृढ र मजबुत गर्ने सरकारको धारणा रहेको जनाउँदै उनले वार्तामा बोलाउने निर्णय भएको जानकारी दिए ।
पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादका माध्यमबाट निकास खोज्न सरकारले आग्रह समेत गरेको छ ।
‘शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजवुत बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्दछ । यही सन्दर्भमा नामकरणको बारेमा रहेका आफ्ना विमतिहरुलाई शान्तिपूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी बार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
फागुन १७ गते प्रदेश सभाबाट कोसी नाम कायम भएसँगै पहिचनावादीले प्रदेशभर आन्दोलन थालेका थिए ।
Leave a Reply