काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा नेपाल राष्ट्रको हितमा केही नयाँ होस् भन्ने आफूले चाहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले मंगलबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले पछिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने आफूले चाहेको बताए ।
प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारिक भ्रमणका लागि बुधबार भारत जाँदैछन् ।
Leave a Reply