Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने

    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 738
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ पेसी तोकिएको छ ।

    राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।



    यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धि प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो ।



    न्यायाधीश पराजुलीको इजलासले पीडितको जन्मदर्ता रहेको नुवाकोटको एउटा वडाले पठाएको पत्र स्पष्ट नभएकाले फेरि अर्को पत्र ल्याउन आदेश दिएको थियो ।

    जाहेरीकर्ताले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । सन्दीपका कानून व्यवसायी सरोजकृष्ण घिमिरे पीडित पक्षले पटक–पटक मुद्दाको सुनुवाइमा ढिलाइ गरेको बताउँछन् ।

    यसअघि ५ पटक तोकिएको पेशीमा लगातार सुनवाई स्थगित भएपछि सन्दीप निराश बनिरहेका छन् । मंगलबारको पेशी पनि स्थगित भए सन्दीप दक्षिण अफ्रिका नजाने मनस्थितिमा छन् ।

    गत वर्ष भदौ ५ गते पटकपटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार