Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यी हुन् प्रधानमन्त्रीको भारत भ्रमणका मुख्य एजेन्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदाराबाद हाउसमा द्विपक्षीय वार्ता हुने जानकारी दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै उनले मोदीसँग वार्ताको क्रममा दुईपक्षीय सम्बन्धको विविध पक्षमा छलफल गर्ने तयारी भएको जानकारी दिए ।

व्यापार, पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा, व्यापार तथा अन्तरदेशीय विद्युत प्रशारण लाइन, सिँचाइ तथा डुबान नियन्त्रण कृषि, हवाई मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउनेलगायतका विषयमा छलफल हुनेछ ।

भारतीय प्रधानमन्त्री मोदीसँग द्वीपक्षीय वार्ताको अतिरिक्त राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप घनखडसँग शिष्टाचार हुने जानकारी प्रधानमन्त्री दाहालले संसद‍्लाई गराएका छन् ।

भ्रमणमा क्रममा महाकाली सन्धिमा अन्तर्गत निर्माण हुने परियोजनाहरुको डीपीआर निर्माणको विषयमा टुंगो लगाउने तयारी रहेको बताए । प्रधानमन्त्री प्रचण्ड आगामी जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077