Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले प्रस्तुत गरेको बजेट समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट समर्थन गर्न नसकिने बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने रहेकाले समर्थन गर्न नसकिने बताए । सुवालले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताए । उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउनु भनेको विदेशी सेना आउनु बराबर भएको टिप्पणी गरे ।

उनले भने ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले बिरोध गर्छौं, मल खादको प्रत्याभुति गरिएको छैन । सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077