काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा जारी रहेको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुँदैछ । प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ ।
मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् ।
बजेट पास गरेपछि संसद्मा बजेट पेस गर्ने कार्यसूची रहेको छ ।