Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

कांग्रेस ललितपुरले आज गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अब पार्टीलाई निराशाबाट बाहिर ल्याउनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन। हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ।’

पार्टी सुधारका पक्षमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। पार्टीलाई बेगका साथ सुधार गर्नुपर्ने उनले बताए। महामन्त्री थापाले पार्टीको प्रत्येक सदस्यले अब जोखिम उठाउन तयार हुनुपर्ने बताए ।

पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए पनि केही फरक नपर्ने महामन्त्री थापाको भनाइृ छ । उनले पार्टीलाई निराशाबाट बाहिर ल्याउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077