Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गणतन्त्र दिवसमा प्रधानमन्त्री प्रचण्डले गरे तरकारी खेतीको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बिउ र बेर्ना रोपेका हुन् ।

उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको भन्दै यसलाई व्यवस्थित गर्न आफूले जोड दिने बताए ।

उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरि राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077