Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्रीलाई विज्ञको सुझाव - नेपाल माग्ने देश जसरी मेन्यु लिएर भ्रमणमा नजानुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विज्ञहरूले भारत भ्रमणमा जाँदा भ्रमणको मेन्यु लिएर नजान सुझाव दिएका छन् ।

जेठ १७ देखि चार दिने भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

सो अवसरमा नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले भारत भ्रमणमा नेपाल र भारतबीच उर्जासम्बन्धी भएका सम्झौताअनुसार कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई सुझाव दिए ।

भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रूपमा प्रयोग भइरहेको बताए । उनले भारत भ्रमणमा परराष्ट्र मामिलामा नेपाली नेताहरू पनि एक छौँ भन्ने धारणा दर्साउन आवश्यक रहेको सुझाव दिए ।

बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै भारत भ्रमण बढी फलदायी हुने उनको सुझाव छ । नेपाल माग्ने देश जसरी लिस्ट (मेनु) लिएर जान नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077