Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति तथा कार्यक्रम पढ्न पुगेका प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले रित्तो फाइल दिएपछि…

मकवानपुर । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै रित्तो भेटिएपछि मुख्यमन्त्रीले माफी मागेका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वाचन गर्न उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि प्रदेशसभामा केही बेर सबै अलमलमा परे ।

पुनः मुख्यमन्त्री जम्कट्टेलले नीति तथा कार्यक्रमको अर्को पुस्तिका रोस्ट्रममै पुगेर प्रदेश प्रमुख शर्मालाई दिए।

सभामुखले पनि प्रदेश प्रमुख शर्मालाई सम्बोधनका लागि समय दिएपछि भने बाँकी प्रक्रिया सुरु भयो। मुख्यमन्त्री जम्कट्टेलले भने सामान्य व्यवस्थापकीय कमजोरी भएको भन्दै माफी मागे ।

आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077