Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका बुढा मगर एमालेद्धारा सम्मानित

काठमाडौं । दुवै खुट्टा गुमाएका विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही हरि बुढामगरलाई नेकपा एमालेले सम्मान गरेको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेका बुढामगरलाई सम्मान गरेका हुन् ।

ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।

हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077