Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाग्मतीको नीति तथा कार्यक्रम आजको प्रदेशसभा बैठकमा प्रस्तुत हुँदै

हेटौंडा । बाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने भएको छ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतवार अपराह्न २ बजे बस्ने तय भएको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।

वाग्मती प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको उक्त बैठकमा प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव पनि पारित गरिने छ।

प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्नेछन्। टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुनेछ।

गत जेठ ९ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक २०८०-८१ को सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077