Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सामाजिक सञ्जालमा अराजकता बढ्यो, फोटोहरू हेर्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल नियमन र नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा तल्लोस्तरको भाषा प्रयोग गर्ने गरिएकाले यसको नियमन र नियन्त्रण आवश्यक रहेको बताए । उनले अहिले समाजमा, मिडियामा, त्यसमाथि पनि सोसल मिडियामा एकखालेको अराजकता हो कि भन्ने भान हुने गरेको बताए ।

सामाजिक सञ्जालमा प्रयोग भएको भाषाशैली र प्रयोग गरेको कतिपय कुराहरू हेर्न र सुन्न पनि नसकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077