Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेतृत्वका कारण जनतामा असन्तुष्टि र निराशा छ, देश अप्ठ्यारोतिर जाने त होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक नेतृत्व र दलहरुको कमजोरीको कारणले जनतामा असन्तुष्टि र निराशा बढिरहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा शनिबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देश अप्ठ्यारामा जाने हो कि भन्ने भएको बताए ।

'संविधानसभाको निर्वाचन गरेर नयाँ संविधान निर्माण गर्दै थियौं। त्यतिबेलाको जनताको भरोसा र हामीप्रतिको आशा अहिले विचलित हुँदैछ। र कहीँ न कहीँ असन्तुष्टि र निराशा बढ्दो छ। त्यसले कतै अराजकतातिर जाने र देश अप्ठ्यारोतिर जाने त होइन ? भन्ने चिन्ता पनि हामी सबैलाई भएको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077