Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भ्रष्टहरुलाई मुलुकबाट नलखेटेसम्म विश्राम लिन्नौ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुलाई मुलुकबाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका छन् ।

पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले देशबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताए। उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्ट्राचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए ।

सभापति लामिछानेले भने, ‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नुपर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइनन् । भोट हाल्न नेता नभएर होइन । नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नुपर्‍यो भनेर घण्टी बजाएका हुन्, यो कुरा हामीले बुझेका छौँ ।’

नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शङ्का लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नु परेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077