Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डले बोलाए एमाले नेताहरूलाई बालुवाटार

    प्रधानमन्त्री प्रचण्डले बोलाए एमाले नेताहरूलाई बालुवाटार

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 975
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेताहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार बोलाएका छन् । सदन अवरोध हटाउनेबारे छलफल गर्न बिहान साढे ८ बजे बालुवाटार बोलाइएको हो ।

    पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो ।



    एमालेले जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने र सत्तापक्षले माफी माग्नुपर्न माग राखेका छन् ।



    संघीय संसद सचिवालयका अनुसार संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । आज पनि संसद अवरोध गर्ने एमालेको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार