Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक साँझ ६ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित भएको बैठक साँझ ६ बजेका लागि तोकिएको छ ।

एमालेको अवरोधका कारण मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको हो ।

यसअघि सचिवालयले बैठक ३ बजे बस्ने सूचना निकालेको थियो।

बुधबारको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।

त्यही विषयलाई लिएर एमालेले आज संसद अवरोध गरेको हो।एमालेले माओवादी सांसदले दिएको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउनु पर्ने माग राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077