Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • जनप्रतिनिधिलाई ओलीको निर्देशन- देशप्रति बफादार हो भने निष्ठापूर्वक काम गर्नू

    जनप्रतिनिधिलाई ओलीको निर्देशन- देशप्रति बफादार हो भने निष्ठापूर्वक काम गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 909
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतासँगको व्यवहार, उत्तरदायित्व र देशप्रति बफादार निष्ठापूर्वक काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

    पार्टी कार्यालय च्यासलमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा शुक्रबार ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई कसैसँग झर्किएर नबोल्न आग्रह गरे ।



    अध्यक्ष ओलीले वडा सदस्य, वडाध्यक्ष, पालिका अध्यक्षदेखि सांसदसम्म सबै एमालेले जित्नुपर्ने गरी लाग्न निर्देशन समेत दिए ।

    उनले जनप्रतिनिधिहरूलाई भने, ‘०८४ को चुनावमा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी एमाले हुनुपर्छ । हामी जनप्रतिनिधि हौँ भने, नेता हौँ भने जनतासँगको व्यवहार, उत्तरदायित्व र देशप्रति बफादार हो भने निष्ठापूर्वक काम गर्नुपर्छ।’

    आफ्नो पार्टी देशद्रोही र भ्रष्ट तत्त्वहरूविरुद्ध कडा भएर उभिने भन्दै जनप्रतिनिधिहरूले संवेदनीशल र विनम्र भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार