Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण र कैद मिनाहा सम्बन्धी निर्णय गर्न बैठक ४ बजे सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

गणतन्त्र दिवसका अवसरमा दिइने माफी मिनाहा र बाँकी कैद मिनाहाबारे निर्णय गर्नेबारे आजको बैठकले निर्णय गर्ने बताइएको छ ।

नियमित बैठक मङ्गलवार बस्दै आए पनि विशेष निर्णय गर्नुपर्ने भएकोले आजै बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077