Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माधव नेपाल आज न्यूजिल्याण्ड जाँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज न्यूजिल्याण्ड जाँदैछन् ।

अकल्याण्ड शहरमा सोमबार हुने ७० औं ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभामा सहभागी हुन उनी न्यूजिल्याण्ड जान लागेका हुन् ।

त्यहाँ उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077