Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट फर्केलगत्तै चीन भ्रमणको तयारी सुरु हुने

    प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट फर्केलगत्तै चीन भ्रमणको तयारी सुरु हुने

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 939
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्केपछि चीन भ्रमणको तयारी थाल्ने भएका छन् । संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्मका लागि भारत भ्रमणमा जाँदै छन् ।

    उनी जेठ २० गते काठमाडौं फर्कने कार्यक्रम छ । त्यस लगत्तै बेइजिङ भ्रमणको तयारी गर्ने बताइएको छ । उनीसँग चिनियाँ राजदूत छन सोङलेसमेत आज भेटवार्ता गरेका छन् । आज बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना राजनीतिक ब्युरो चिफसहित चिनियाँ राजदूत पुगेका थिए ।



    भेटमा आसन्न भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीको कुरा भएको बताइएको छ । साथै उनीहरुबीच प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको विषयमा पनि कुरा भएको स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले दिल्ली भ्रमण सकेर बेइजिङ भ्रमणको तिथि तय गर्ने बताएका छन् । यस्तै प्रधानमन्त्री दाहाल जेठ १७ मा नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।



    सोही दिन प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेठ १९ मै प्रधानमन्त्री दाहाल मुम्बई जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते काठमाडौं फर्कने बताइएको छ ।

    प्रधानमन्त्री दाहाललाई भारतका विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार