Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिनियाँ दूतावासका अधिकारी र रास्वपा नेताहरूबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरु र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता भएको छ ।

बिहीबार पार्टी कार्यालय वसुन्धरामा पुगेर चिनियाँ दूतावासका डीसीएम वाङ सिनले रास्वपाका नेताहरुसंग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले सुशासनका लागि पार्टीमा गरेको ८ बुँदे सर्कुलर बारे चिनियाँ टोलीले जानकारी दिएको रास्वपाले जनाएको छ ।

भेटघाटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभारावल लगायत नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077