Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जनकपुरबाट कांग्रेस रुपान्तरण अभियान सुरु

जनकपुरधाम । नेपाली कांग्रेस रूपान्तरण अभियान प्रदेश भेला सुरू भएको छ। कांग्रेस रूपान्तरण अभियान आज मधेस प्रदेशको जनकपुरबाट सुरु भएको हो ।

कांग्रेसको संस्थापन इतर पक्षीय तेस्रो पुस्ताका नेताहरूले थालेको अभियानमा पार्टीभित्र देखिएका कमी कमजोरी, विकृति विसङ्गति अन्त्यलाई मुख्य एजेन्डा बनाइएको छ ।

भेलामा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मण लाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत उपस्थित छन्।

कांग्रेसको वर्तमान नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने भन्दै रूपान्तरण अभियानले सातै प्रदेशमा भेलाको मितिसमेत तोकेको थियो।

जेठ १६ मा बागमती प्रदेशको काठमाडौं, जेठ २० मा गण्डकी प्रदेशको पोखरा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङ प्रदेशस्तरीय भेला हुनेछ ।

जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077