Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सांसद चन्द्र भण्डारी र ओलीबीच भेट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जलनको घटनापछि पहिलोपटक संसद्मा पुगेका कांग्रेस सांसद चन्द्र भण्डारीबीच भेट भएको छ ।

बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपछि सभामुखको कार्यकक्षमा रहेका भण्डारीलाई ओलीले भेटेका हुन् ।

भेटमा सांसद भण्डारीले आफूलाई स्वास्थ्यलाभको कामना गरेकोप्रति आभार व्यक्त गरे । ओलीले भण्डारी सञ्चो भएर आएपछि आफूलाई खुसी लागेको बताए ।

भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका भण्डारीलाई फागुन ४ मा थप उपचारका लागि भारत लगिएको थियो।

उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077