Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शरणार्थी प्रकरणमा गगन थापाको माग– नाम जोडिएका कसैलाई नछाडियोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले यस प्रकरणमा अहिले एकपछि अर्को गर्दै नाम आइरहेकाले सलंग्न सबैलाई आवश्यक कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो विषयलाई राम्रोसँग टुंग्याए सरकारको वाचामा विश्वास हुन्छ। राज्यविरोधी अपराधमा संलग्न भएको एक-एक मान्छेमाथि छानबिन होस् र कारबाही होस्। त्यो घरको मान्छे होस् कि बार्दलीको मान्छे होस् कोही छुट्नुहुँदैन।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा चलिरहेको भन्दै यो परीक्षामा पास हुन सकेमा मात्रै गरेका वाचा पत्याउन सकिने उनको भनाइ छ।

महामन्त्री थापाले यो अपराधमा संलग्न भएकाहरूमाथि एक एक छानबिन गरेर कानुनी कठघरामा उभ्याइनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077