Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कीर्तिमानी आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथामा

काठमाडौं। कीर्तिमानी हिमाल आरोही कमिरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् ।

मंगलबार बिहान २८ औं पटक सगरमाथा आरोहण गरेसँगै कमिरिताले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका हुन् ।

कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए । बुधबार उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए ।

तर सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077