Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज जेठ ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल जेठ ०९ गते मंगलबारको राशिफल ।

मेष

शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मिथुन

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

सिंह

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।

तुला

जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

धनु

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ ।

कुम्भ

आज नयाँ कार्यको थालनी हुनेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

बृष

आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

आज चिन्ता बढ्ने, यात्रामा बिघ्नबाधा आउला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला, तर शेयर बजारले साथ दिनेछ ।

कन्या

आज नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समदेखि रोकिएका अधुरा कार्यहरू पुनस् प्रारम्भ हुनेछन् ।

बृश्चिक

आज आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । विचार गरेर निर्णय लिनु उचित होला, तर प्रेमीको साथ मध्यान्हबाट दिन सुखद् रहनेछ ।

मकर

नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।

मीन

आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । काममा बिघ्नबाधा ज्यादा आइलाग्न सक्छ, तर साँझमा प्रेमीको साथले मन खुसी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077