Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालमा राजनीतिक स्वार्थका लागि साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयसमयमा नेपालमा राजनीतिक स्वार्थका लागि साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको बताएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नेपाल धार्मिक विद्वेष फैलाउनेहरूबाट जोगिनुपर्ने बताए । नेपालीहरुले अतिवादमा जानै नहुने उनको भनाई छ । उनले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

उनले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदूपयोग गर्दै अघि बढनुपर्ने आवश्यकता समेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077