Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बलात्कारपछि हत्या गरेको आरोपमा दुईजना १६ वर्षपछि पक्राउ

सुनसरी । महिलालाई सामूहिक बलात्कारपछि हत्या गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकुटाको शहीदभूमि गाउँपालिका–१ धाप बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४५ वर्षीय कल्पन राई रहेका छन् ।

धरानस्थित इलाका प्रहरी कार्यालयले उनीहरुलाई नेपाल बाहिर बसेपछि फर्केर आएको अवस्थामा पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

उनीहरुले ०६४ मंसिर १९ गते २५ वर्षीया विवाहित महिला ललिता राईलाई साविक धरान ५ महेन्द्रपथस्थित बलभद्रेश्वर अरुणोदय धर्मशालाको २१८ नम्बर कोठामा ल्याएर पटक पटक बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

मुख र योनीबाट रगत बगिरहेको अवस्थामा ललिता राईको शव सोही कोठामा मंसिर २३ गते बेलुका फेला परेको थियो । सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप ष्री उनीहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077