Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - जनयुद्ध दिवसमा बिदा दिने निर्णयप्रति मलाई गर्व छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयप्रति गर्व लागेको बताएका छन् ।

वेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताए ।

केही दिन भित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित हुने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077