Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारप्रति ओलीको टिप्पणी– नीति तथा कार्यक्रमको स्पष्ट गन्तव्य र मार्गचित्र छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको उद्देश्य, गन्तव्य र मार्गचित्र नै नभएको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै अध्यक्ष ओलीले यस्तो आलोचनात्मक टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा सरकार पुर्ण रुपमा चुकेको र असफल भएको भन्दै पहिलोपटक आएको झलक दिने गरी प्रस्तुत गरेको बताए ।

उनले भने,  'अहिलेको सरकारको नीति शून्य नीति हो । कहाँसम्म पुग्ने हो भन्ने गन्तव्य र मार्गचत्रि छैन ।'

अध्यक्ष ओलीले पछिल्लो निर्वाचनमा वर्तमान गठबन्धनले गरेको वाचाहरु र नीति तथा कायर्य्रमलाई दाँजेर अध्ययन गर्दा तालमेल नमिलेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077