Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • एमाले अध्यक्ष केपी शर्मा ओली आज संसदमा बोल्ने

    एमाले अध्यक्ष केपी शर्मा ओली आज संसदमा बोल्ने

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैछन् । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले आज संसद् बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

    गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए । सोही विषयमा उनले आज संसदमा तथ्यसहित बोल्ने छन् ।



    यसअघि ओलीले जेठ ४ गते संसद् बैठकमा सम्बोधन गर्ने बताए पनि उक्त दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपछि स्थगित भएको थियो ।

    उक्त दिन स्वास्थ्य अवस्थाका कारण पनि संसद बैठकमा सहभागी भएका थिएनन्। संसद् बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार