Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोल्यान्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुई विदेशी पक्राउ

काठमाडौं । पोल्यान्डमा लैजाने भन्दै काठमाडौंमा बिनाअनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

वैदेशिक रोजगार विभागले यूएईको दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएटोसिकलाई पक्राउ गरेको हो ।

त्यहाँ सहभागीमध्ये एक जनाले उनीहरूबाट दुबईमा ठगी भएको उजुरी पनि दिएका थिए । उनीहरुले पोल्यान्ड पठाउने भन्दै दुबईमा नै दुई लाख रुपैयाँ लिएका थिए ।

विभागले अभिमुखीकरण गर्न सहयोगी गरेको आशंकामा इगल म्यानपावर कन्सलटेन्सीका सञ्चालक कृष्ण ढकाललाई विभागमा हाजिर हुन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077