काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो भएको टिप्पणी गरेका छन् ।
शुक्रबार संसद भवनबाहिर पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो लागेको बताए । यस विषयमा थप पर्सि बोल्ने उनले प्रतिक्रिया दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।