Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठकबाट मुलुकी संहितासम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं। राष्ट्रियसभा बैठकबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेका सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ संसदबाट फिर्ता लिएको छ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिन गरिएको प्रस्ताव पेस सर्वसम्मतिबाट स्वीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077