काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवाला सुनको मूल्य आज १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Leave a Reply