Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुर्था सुरुवाल बेच्ने बहानामा ठगी, राहुल पक्राउ

सिन्धुली । सिन्धुलीमा कुर्था सुरुवाल बेच्न बाहानामा ठगी गरेको खुलेको छ ।

जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ५ ऐसेलुजंगारमा कुर्था सुरुवाल बेच्न आउनेले ठगी गरेको खुलेको हो । सोही आरोपमा प्रहरीले सर्लाहीका राहुल शाहलाई पक्राउ गरेको छ ।

शाहले ३५ सय रुपैयाँमा एक थान कुर्था सुरुवाल किनेमा ५५ सय रुपैयाँको कुपन र आठ हजार रुपैयाँसम्मको जिन्सी सामान पर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ ।

कुर्था सुरुवाल बेच्ने क्रममा शाहले कुपन नपरे ३५ सय रुपैयाँ पनि फिर्ता हुने र अर्को पाँच थान कुर्था सुरुवाल निःशुल्क पाइने भन्दै ठगी गर्ने गरेको आरोप छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077