Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले नेतृत्वको कोशी सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

विराटनगर । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन आग्रह गरेको छ ।

कांग्रेस कोशी संसदीय दलको बैठकले सत्ता साझेदार माओवादी केन्द्र र जनता समाजवादीलाई एमालेमाथिको समर्थन फिर्ता लिएर सरकारबाट हट्न आग्रह गरेको हो ।

मुख्यमन्त्री हिक्मत कार्कीले सर्वदलीय सरकारमा सहभागी हुन सबै दलहरूलाई आव्हान गरेका थिए ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न माओवादी र जसपालाई आग्रह गरेको कांग्रेसले जनाएको छ ।

कोशी सरकारमा माओवादीका तर्फबाट दुई र जसपाबाट एकजना मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077