Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर म्याग्दीमा जगदेवीको मृत्यु

म्याग्दी । वर्षा सँगै परेको चट्याङ लागेर मङ्गला गाउँपालिका–३ मा एक जना महिलाको मृत्यु भएको छ ।

मङ्गला गाउँपालिका–३ सातबिसे घर भै मङ्गला गाउँपालिका–३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया महिला चट्याङ्ग लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दरवाङका अनुसार छोरीको घरमा आएकी जगदेवी कामीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।

बुधवार चट्याङ लागेर मृत्यु भएको मृतकका ज्वाइँले प्रहरीमा खबर गरेका थिए । मृतकको सब पोस्टमार्टमका लागि सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077