Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सगरमाथा आरोहण सकेर फर्किने क्रममा फुर्वाको निधन

काठमाडौं । सगरमाथा आरोहण सकेर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ ।

नेपाली सेनाको सफा हिमाल अभियान २०२३ अन्तर्गत आरोहण सकेर आधार शिविरतिर फर्किँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको हो ।

नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयका अनुसार फुर्वाको शव निकालेर ल्याउने प्रयास भइरहेको छ।

त्यस्तै आरोहण गरी फर्किने क्रममा सहसेनानी दीपेन्द्रसिंह खत्री अस्वस्थ भएका थिए । उनलाई आरोहणमा संलग्न अन्य टोली समेतको सहयोगमा क्याम्प २ सम्म ल्याएर थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

सहसेनानी खत्रीसँगै अरू तीन जनालाई पनि उपचारका लागि काठमाडौं ल्याइएको र हाल सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077