Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमाले कोशी प्रदेश संसदीय दलका उपनेता मगरमाथि आक्रमण प्रयास, गाडी तोडफोड

    एमाले कोशी प्रदेश संसदीय दलका उपनेता मगरमाथि आक्रमण प्रयास, गाडी तोडफोड

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 630
    SHARES

    इलाम । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रामबहादुर राना मगरमाथि आक्रमण प्रयास भएको छ ।

    कोशी प्रदेश नामकरणविरूद्ध संघर्षरत पहिचानवादी आन्दोलनकारीले राना मगरमाथि बुधबार उनकै गृहजिल्ला इलाममा आक्रमण प्रयास गरेका हुन् ।



    बुधबार इलामको माङसेबुङ गाउँपालिकाको एउटा कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहले आक्रमणको प्रयास गरेको नेकपा एमालेले जनाएको छ ।



    एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे । केही उच्छृङ्खल र अराजक व्यक्तिहरूले मगरमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

    एमालेका केन्द्रीय सदस्यसमेत रहेका मगर एमाले जिल्ला कमिटी इलामको बैठकका लागि जाने क्रममा माङ्सेबुङ गाउँपालिका ३ स्थित पुरानो गाविस भवन क्षेत्रमा आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणबाट मगर सवार गाडीको सिसा फुटेको छ ।

    आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडीको अगाडि र पछाडीको सिसा फुटेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार