Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

होटल फुटाएर बुद्धको मूर्ति र विदेशी मुद्रा चोरी, अमृत पक्राउ

काभ्रे । होटल फुटाएर बुद्धका साना मूर्ति र विदेशी मुद्रा चोर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका ३ का २२ वर्षीय अमृत तामाङ रहेका हुन् ।

तामाङले यही जेठ १ गते काभ्रेको बनेपा नगरपालिका ६ स्थित हरिचन्द्र पोखरेलले संचालन गरेको हाई भ्यु रिसोर्ट होटलको झ्याल फुटाएर युरो र भियतनाको ५ हजार, भारतीय २० हजार, नेपाली ५० हजार, बुद्धका मूर्तिहरू, कम्प्युटर थान-२, आई प्याड थान-२ चोरी गरेको प्रहरीले जनाएको छ ।

तामाङले उक्त होटलबाट आधा दर्जन बुद्धका साना मूर्ति चोरेको प्रहरीले जनाएको छ ।

चोरीको आरोपमा तामाङलाई मंगलबार पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077