Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जहाजमा यात्रा गरिरहेका यात्रुले बिंडी सल्काएपछि...

एजेन्सी । आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् ।

भारतीय वायुसेवा कम्पनीको आकाशा एयरलाइन्समा यात्रा गरिरहेका राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए । जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ ।

सोधपुछका क्रममा उनले रेलको जस्तै यात्रा सम्झिएर आफूले बिंडी पिएको प्रतिक्रिया दिएका छन् ।

आफूले पहिलो पटक हवाई यात्रा गरेको र प्लेनमा बिंडी पिउने नियमबारे जानकारी नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077