Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पासाङ ल्हामु शेर्पाका श्रीमान्‌ ल्हाक्पाले गरे सगरमाथा आरोहण

काठमाडौं । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले सगरमाथा आरोहण गरेका छन् ।

शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यती समूहका अध्यक्षसमेत रहेका शेर्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् ।

उनी क्याम्प–२ बाटै फर्केका थिए । पहिलो नेपाली महिला आरोहीको कीर्तिमान बनाएकी पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077