Online Nepal
  • बुधबार, २ माघ २०८१
  • सहकारीबाट ३२ लाख चोरी गरेर भागेका चार जना पक्राउ

    सहकारीबाट ३२ लाख चोरी गरेर भागेका चार जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 822
    SHARES

    काभ्रे । प्रहरीले सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय अमृत थिङ, २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ र वडा नम्बर ५ फाखेलका ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकुबर लामा रहेका छन् ।



    पक्राउ परेका चारै जना मकवानपुर जिल्लाका रहेका उनीहरुलाई काठमाडौं र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



    अमृत र सोमलाललाई काठमाडौंको चन्द्रगिरी नगरपालिका स्याङजाली चोकबाट पक्राउ परेको अन्य दुई अशोक र अकुबरलाई मकवानपुरको फाखेल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार रुपैयाँ, एक थान भरुवा बन्दुक र सहकारी चोरी गर्दा प्रयोग भएका फलामका विभिन्न सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

    गत वैशाख १९ गते राति १ बजेर २० मिनेट जाँदा सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपाट गरेका थिए । पक्राउ गरिएका चार जनालाई सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    सहकारीबाट ३२ लाख ३१ हजार सात सय ४५ रुपैयाँ नगद चोरी गरी फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे र मकवानपुर प्रहरीको सक्रियतामा पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार