Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'नयाँ कांग्रेस' बनाउन कांग्रेसको रूपान्तरण अभियान पक्षले देशैभरी भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्टि जनाउँदै इतर समूहले देशैभरी अलग्गै अभियान गर्ने भएको छ ।

कांग्रेस पार्टीलाई कमजोर र महत्त्वहीन बनाइएको भन्दै मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्णलगायतका नेताहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत अभियान घोषणा गरेका हुन् ।

काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्णलगायतका नेताहरुले कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो अभियान गर्न लागेको बताएका छन् ।

जसअनुसार जनकपुरबाट सुरु हुने प्रदेशस्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ ।

घोषित कार्यक्रमअनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।

यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदूरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077