Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • संसदीय समितिलाई कर्मकाण्डी बनाउन हुँदैन : रवि लामिछाने

    संसदीय समितिलाई कर्मकाण्डी बनाउन हुँदैन : रवि लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 597
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाउन नहुने बताएका छन् ।

    मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।



    लामिछानेले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । संसदीय समितिले त्यत्रो प्रमाण जुटाउँदै निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्। समिति कर्मकाण्डी हुनु भएन । प्रभावकारी बनाएर हामी जानुपर्छ । निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ ।’



    समितिले निष्कर्ष निकालेका विषय तोडमोड गर्न नहुने लामिछानेको भनाइ छ । समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे कारवाही प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।

    सांसद लामिछानेले समितिमा बोल्न सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार